PostsChallengesPortalsAuthorsBooks
Sign Up
Log In
Posts
Challenges
Portals
Authors
Books
beta
Sign Up
Search
Profile avatar image for Bipin
Follow
Bipin
229 Posts • 67 Followers • 0 Following
Posts
Likes
Challenges
Books
Profile avatar image for Bipin
Bipin

हजारौँ सपनाहरु मारेर जब मृत्युलाई आत्मसाथ गर्न मन लाग्छ

र मृत्युले पत्ताउँदैन

आँखाहरु रसाउँछन्

मन भारि हुन्छ

आफुलाई आफ्नो यो जिन्दगी बोज लाग्न थाल्छ

एकान्तमा मन रुन्छ

भिडमा एक्लिन्छ

यो जिन्दगी

मनको बेदना पोख्ने ठाऊँ खोज्छ

जब आफ्ना सम्पूर्ण कोसिस

सम्पूर्ण प्रयाश वेकार जान्छ

यो जिन्दगी बोज लाग्छ

कतैबाट कुनै जादु हुन्छ की

की यो जिन्दगी यसै सकिन्छ

केहि प्रभा लाग्न छाड्छ

मनको यो बेदना पोख्ने कान खोज्दै छ

यो जिन्दगी

कोहि छन्, सुन्ने यी मनका भावहरु

मनका यी आँशुहरु?

Profile avatar image for Bipin
Bipin

…

हामीले आफ्ना अतितबाट सिकेर अघि बड्नु पर्छ भन्छन्… पुराना कुराहरु… घटनाहरु… परिस्थितिहरु… सबबाट सिक्नु पर्छ… बुझ्नु पर्छ… त्यसबाट आज र भोलिमा त्यो गल्ती गर्न हुन्न भन्छन्… तर के यो साँचै सम्भब छ त? के साँच्चै जिन्दगीको सबैभन्दा कठिन परिस्थितिलाई त्यतिकै भुलाउन सकिन्छ… के साँच्चै त्यस्ता घटनाहरुबाट सिकेर आफ्नो आजको दिनमा लागु गर्न सकिन्छ… अनि के कसैलाई भुलाउन त्यति सजिलो हुन्छ? यी प्रश्न यो मनमा घरिघरि आइरहन्छन्… जिन्दगीको बाटो सकिएको आभास हुन्छ… भोलि त परै जावस्.. आजपनि पुरा अन्धकार लाग्छ… के ठीक के बेठीक यो दिमागले केहि मेसो पाउँदैन… खाली हरबखत ती जिन्दगीका काला दिनहरु फिल्मको रिल जस्तै गरि आँखा अधि घुमिरहन्छ… कुराहरु यति धेरै छन् मनमा गाँठो परेको फुकाउने आँट आउँदैन…

जिन्दगी के हो? के साँचै पुराना कुराहरु केवल मिठा यादमात्र बन्छन् त? खै किन मन यस्तो बेचेन हुन्छ… किन मनमा गुम्सिएका कुराहरु मुखमा आउँदैन… कसैलाई विस्वास गर्दैन… कसैको भरमा यो ओँठ छैन… यी आँखाहरुले सबलाई दोषी मात्र देख्छ… सबलाई केवल ठग मात्र देख्छ… यी कानहरु तिनका सामुन्ने किन टाठा हुन चाहानन्… किन आँखाले सबलाई सङ्काको नजरले हेर्छ… मनमा धेरै प्रश्न छन् र उत्तर सुन्ने… बारम्बार यो जिन्दगी.. यो सरिर सब यहिँ यहि अवस्थामा त्यागेर कतै जाम जस्तो किन लाग्छ… किन मन बेचेन हुन्छ… किन गरिरहेको कार्य.. काम सब छोडेर ठुलो पोखरीमा हात खुट्टा फिँजारेर आफुलाई त्यो पोखरीमा समहित गरौँ झौँ लाग्छ… मन किन यति कम्जोर मेरो…

प्रश्न नै प्रश्नले भरिएको जिन्दगी… जे देख्दापनि प्रश्न छन्… जे सोँच्दापनि प्रश्न छन्… हाँसो, आँशु, मुस्कान, नैरास्यता, कठिनाई… सबमा केबल प्रश्नमात्र छन्… के उत्तर पाउनलाई जिन्दगीमा केवल दुख मात्र पाउनुपर्छ… के दुखबाटमात्र जिन्दगी असलमा पूर्ण हुन्छ…

किन कोहिले गरेको मिहिनेत जत्ति गर्दापनि कम पर्छ… के साँच्चै भगवानको सबैभन्दा प्रिय पात्रलाई सबैभन्दा बढि पिडा हुन्छ त्यसो हो त… किन? यदि भगवान छन् भने आफ्ना प्रिय पात्रलाई यति धेरै कठिनाइ किन दिन्छन्… के जिन्दगीको आखिरि स्वासमा मात्र त्यो प्रिय पात्रलाई सुख मिल्ने हो? त्यस्तो हो भने भगवानको प्रिय पात्र हुनुको के अर्थ? के जिन्दगी केवल संघर्षमात्र हो? हाँसो, खुसी भन्ने जिन्दगीका पाउना मात्र हुन्… यदि पाउना हुन् भने किन जिन्दगी यस्तो भनेको… पिडा नै जिन्दगी हो… बिछोड नै जिन्दगी हो… संघर्षमात्र जिन्दगी हो भने यी सब के का लागि? त्यो अन्तिममा लास बन्न जिन्दगीभर

लास बन्नु पर्ने कस्तो नियम यो? खुसी हुने अधिकार केवल दानबलाई हुन्छ? अरुको कुभलो गर्नेलाई मात्र हो सब कुरा पुग्ने? सब चाहाना पुरा हुने? किन यस्तो?

प्रश्न धेरै छन्… अनगिन्ति छन्.. उत्तर सुन्ने…

Profile avatar image for Bipin
Bipin

…

मलाई कहिले काहिँ सम्बन्ध छाँया जस्तो लाग्छ... आफ्नै छाँया जस्तो... कतिखेर आफ्नो अघि हुन्छ र कतिखेर पछि... कतिखेर दायाँ... कतिखेर बायाँ... यस्तै सम्बन्ध पनि त्यो छाँया जस्तो... कसले कतिखेर जोड्छन्... कतिखेर छोड्छन्.. कारण के हो? किन कोहि कसैको जीवनमा आउँछन्... अनि कोहि किन कसैको जिन्दगीबाट जान्छन्... कारण जे सुकै होस् तर जीवन चक्क्र चलिरहन्छ...

सम्बन्धलाई मजबुद गर्न के गर्ने? यो प्रश्न मनमा आइरहन्छ… भन्छन्… सम्बन्ध मजबुद गर्न छ भने कम बोल्ने… बढि सुन्ने… सहनसिलता राख्ने हुनुपर्छ… अब यो कुरामा म अलि सहमत छैन… सत्यको साथ दिने स्वभाव छ… चाहिने कुरा र सहि कुरालाई समर्थन गर्ने बानी छ… अब सम्बन्ध भन्ने कुरा झुटमा त यथावत रहन सक्दैन… र यस्तो झुटबाट सुरु हुने सम्बन्ध कति दिन रहला र… जस्तो सुकै सम्बन्ध किन नहोस्… त्यसमा सत्यता र विश्वासिलो वातावरण हुन जरुरी छ… साथ अनि मजबुद हुन्छ… मध्य दिनको घाममा पर्ने आफ्नो छाँया जस्तै… रातको अधेँरीमा त छाँयापनि रहन्छ… रहन्न… त्यो कुरा बुझ्न जरुरी छ… जुनै पनि सम्बन्धमा एउटा अटल विश्वास हुन जरुरी छ… सत्यताको विश्वास…

Profile avatar image for Bipin
Bipin

…

मान्छे बिना कारण दुखी किन हुन्छ होला? मन त्यसै किन निरास हुन्छ होला? न कुनै प्रसंग न कुनै त्यस्तो दुखित घटना तर पनि कहिले काहिँ मनमा पीर किन पर्छ होला? किन त्यसै रुन मन लाग्ने हुन्छ? त्यसै त्यसै मनमा के-के कुराहरु खेल्छन्… छिन छिनमा आँखा रसाउँछन्… मनमा त्यसै छट्पटि भएजस्तो हुन्छ… मुटु दुखेजस्तो हुन्छ… अनि रुन खोज्यो आँशु आँउदैनन् तर आँखा चै रसाइ रहन्छ… आँखा रसाउनुमा र रुनुमा पनि फरक पर्दो रहेछ…. रुँदा एकैछिन दुखी भइन्छ… एकैछिन छट्पटि हुन्छ अनि त्यसपछि सब पीर.. दुख सकिन्छ… तर छिन-छिनमा आँखा रसाउँदा भने निकै लामो समयसम्म मन पीरो हुन्छ… छट्पटिले सताइरहन्छ… मन भारि हुन्छ…

आखिर यस्तो किन हुन्छ होला? मन यति धेरै बेचेन कसरी हुन सक्छ… बिना कुनै कारण? वा त्यो कारण मन-मस्तिस्कमा छ त्यसैले निरास भएको… आफुले याद गर्न नसकेको मात्र हो…

यस्तो हुँदा कसैसँग बोल्न मन नलाग्ने… एकान्तमा घोरिएर टोलाउने.. एकै ठाऊँमा घण्टै एकनासले हेरि रहने… कता जाउँ… कसो गरुँ हुने… यस्ता कारण हुन्छन्… मन सारै बेचनीमा हुन्छ… यो सब किन हुन्छ? कसरी हुन्छ? बुझ्न नै नसकिने… सायद मन र दिमागको तालमेल नमिलेमा यस्तो हुने होला…

Profile avatar image for Bipin
Bipin

…

यो संसार नै यस्तै मान्छेहरु अरुको दुखका कुराहरु कथा सरह सुन्न चाहान्छन्…. तर बुझ्न चाहानन्… यसबाट सिक्न चाहानन्… बरु एकैछिन रमाइलो मानेर कठैबर भन्लान् तर त्यो बोली मात्र हो… सहयोग गर्नुहुन्छ भनि कसैले सोधे अनकनाउने छन्… धेरैबेर सोँच्ने छन् तर सहयोग गर्ने हातहरु कमै देखिने छ… कसैलाई दोष दिनु भन्दा आफु बलियो भएको राम्रो.. जिन्दगी नै संघर्ष हो त … संघर्ष गर्दा दुख त हुन्छ नी… कसैले दुख गरे अनुरुप फल छिटो पाउलानन् कसैले ढिला तर फल त पाँउछनन् नै… तर जसले मैले यति गरे अब यति पाउँछु भनेर दुख गर्छ त्यो जिन्दगीमा सँधै सिमित हुन्छ… उसले कुवाको बाहिरको संसारको परिकल्पनापनि गर्न सक्दैन वा भनौँ चाहान्न… अनि जिन्दगीभर निरास हुन्छ… अरुको ईष्या गर्छ… दुखी हुन्छ… अरुको प्रगतिमा उसलाई डाहा लाग्छ… र उसमा विभिन्न किसिमका रोग लाग्छन्… समय भन्दा पहिले बुढो हुन्छ… मनबाट पनि तनबाट पनि…

अरुको प्रगतिमा खुसी हुन नसकेपनि हामीले उसले गरेको प्रगति पछाडिको मिहिनेतको बारे जान्यौँ भने आफुलाई र आफ्नो जिन्दगीलाई केहि हद सम्म त्यस्तै प्रगतिको प्रतिक बनाउन सकिन्छ… बाँकी आफुले गर्ने मिहिनेत.. आफ्नो संघर्ष… दुख त छँदै छ… हार्नबाट डराउनु भएन नी… हारेकाहरु हुन् फेरि फेरि जित्न सिक्ने… नयाँ नयाँ विचार… नयाँ नयाँ पद्दतीको विकास गर्ने… नयाँ नयाँ सपना देख्ने ताकी आफुले गरिरहेको मिहिनेतमा नयाँ रङ्ग आवस… नयाँ जोष आवस… जिन्दगी भन्नु नै यहि हो…

सुख.. खुसी भन्ने कुरा त क्षेणिक हुन्छन्… एकैछिन बिहे गरेको छोरी मइत आए जस्तै आउँछ… र बाँकी समय त्यो खुसीको क्षेणको सम्झनामा जिन्दगी बित्ने हो… त्यो यादमा रमाउने हो… त्यसैले सपना देख्ने बानी बसाल्नु पर्छ… मिहिनेत/दुख गर्ने अठोट राख्नु पर्छ… जिन्दगी त्यसै स्वर्गमहि हुन्छ…

Profile avatar image for Bipin
Bipin

…

जन्म दिन…. आफु जन्मेको दिन… रमाइलो गर्ने दिन.. तर यसको खुसियाली पनि सिमित लाग्ने उमेर बढेसँगै… सानोमा हो जन्म दिन मनाउन मन लाग्ने… मिठो खान मन लाग्ने… जिन्दगी जति उकाली लाग्दै जान्छ… यसको महत्त्व पनि सकिएको जस्तो लाग्छ… भेटघाट.. रमाइलो नाचगान… मिठा परिकार… आत्मिय भलाकुसारी… सबको महत्त्व सानोमा मात्र हो… केक काट्ने चलन कसले चलाएको होला है? मैनबत्ती निभाउने चलन नेपालको चै होइन… किनकी नेपालमा मान्नेता छ… जन्मदिनमा दियो बाल्ने… ताकी लामो आयु होस्… ना की बत्ती निभाएर आयु छोट्याउने… रातो टिका निधारमा … आशिर्वाद… लड्डु नेपालको चलन हो सायद… बिहान उठेर नुहाउनु… मन्दिर जानु… भगवानसँग प्राथना गर्नु नेपालको संस्कार हो… तर अचेल यसो गरिँदैन… बरु रातको १२ बजे देखि जन्मदिन मनाउन सुरु गरिन्छ… रक्सिमा रमाइन्छ… अचेत हुन सम्म पिइन्छ… Dance Bar मा छाडा भइन्छ… मिले अनैतिक काम पनि गरिन्छ… बिहान अबेरसम्म सुतिन्छ… उठ्दा साँझ परिसकेको हुन्छ… यो विकृति नभइ के हो त? हो रमाइलो गर्नु पर्छ… आफु जन्मेको दिन आफुलाई रमाइलो लाग्नु स्वभाविक नै हो तर सबै कुराको सीमितता हुन्छ… राख्नु पर्छ… आफ्नो मैलिक संस्कारलाई बचाउने अठोट गर्नु आजको आवसेक्ता हो… नेपाल र नेपाली भनि विश्वमा चिनिनुमा हाम्रो संस्कार… संकृति… सभ्यताको ठुलो योगदान छ… त्यसैले आफ्नो संस्कार, संकृति, सभ्यतालाई प्राथमिक्ता दिन सिकैँ…

Profile avatar image for Bipin
Bipin

…

Oxygen हामीलाई प्रकृतीले दिएको उपहार हो नी… तर हामीले कहिल्यै यसको महत्त्व बुझेका थिएनौँ… या बुझ्न चाहेका थिएनौँ… अहिलेको यो माहामारीले यसको महत्त्व बुझाएको छ… हामी कति नाजुक छौँ यसले सिकाएको छ… अझै कति मान्छेहरुले बुझेका छौनन्… सायद बुझेरपनि बुझ पचाएका हुन्… तर यो पृथ्वी र यसको नियमको अँगाडि हामी र हाम्रो प्राण केहि पनि होइन.. हामीले यो बुझ्न जरुरी छ… हामी जन्मे देखि नमर्न सम्म भागम्भागको जिन्दगी जिउन चाहान्छौँ… के-के नै गरौँला… के-के नै पाउँला भनेर हामीले हाम्रो वरिपरिका सुन्दरतालाई नजरअन्दाज गर्ने गर्छौँ… यसले दिएको उपहारलाई अपहेलना गर्छौँ… हामी जस्तै प्राण भरिएका प्राणी… पशुपंक्षीहरुलाई तिरस्कार गर्छौँ… यो पृथ्वी सबको साझा हो भन्ने बुझ्दाबुझ्दैपनि अबुझ बन्छौँ… तर हरेक अधर्मको अन्ते हुन जरुर छ… हामीले सानै देखि पढ्दै र सिक्दै आएको नियम… प्रकृतीले तिनका लागि बोलेको छ जसले आफु कहिल्यै प्रतिकार गरेनन्… मानिसका हरेक शोसण सहेरै बसे भनौँ…

अनि कुरा आउँछ… Oxygen को … हामीले अब के बुझ्न जरुरी छ की … यो त सुरुवात मात्र हो… यदि हामीले अझैपनि प्रकृतिको नियमको सम्मान गरेनौँ.. पृथ्वी साझा हो भन्ने बुझेनौँ… भने अबका दिनहरुमा पृथ्वी त रहने छ तर हामी यसको अस्तित्वबाटै सकिने छौँ… र यसको पुरा दोष हामी र हाम्रा महत्त्व कांक्षा हुनेछ…

Profile avatar image for Bipin
Bipin

…

अचेल सम्बन्ध Tiktok को त्यो १ मिनेटको भिडियो जस्तै भएको छ… त्यो Facebook को भित्तामा पोष्ट गरिने सामाग्री जस्तै भएको छ… सम्बन्धको महत्त्व त्यसमा आउने Likes र त्यसमा आउने प्रतिकृया जस्तै छ… भावनात्मक सम्बन्ध भन्दा देखाओटी सम्बन्धको महत्त्व बढि छ… अरुको लहिलहिमै आएर वा अरुलाई देखाउनैको लागि सम्बन्ध गाँस्ने… बिवाहबन्धनमा बाँधिने र मन भरिएपछि सम्बन्ध विक्षेद गर्ने अहिलेको फेसन बनेको छ… भक्खर १०+२ मा पढ्नेहरु Living Relationship मा बस्ने… अनि त्यसबाट निमत्यउने नकारात्मक असर … स्वास्थमा… समाजिक विकासमा… आर्थिक अवस्थामा… र त्यसले निमत्याउने बिकृति त छँदैछ…

अनि अचेल प्राय सानो उमेरमा आमा बन्नेहरुको छुट्टै कहानी छ… पुरुष प्रधान समाजमा पुरुषले एकजनासँग सम्बन्ध टोडेपछि… उसले निर्धक्क कुनै रोकटोक… अर्कोसँग सम्बन्ध निकैनै आसानीसँग जोड्न सक्छ… यसमा समाजलेपनि साथ दिन्छ तर त्यहि कुरा एक महिलाको पल्टोमा आयो भने पहिले समाज अनि त्यो पुरुष आफैलाईपनि स्वूकार्य हुँदैन… त्यसमापनि त्यो महिलासँग पहिलेकै सम्बन्धबाट जन्मिएको बच्चा छ भने त झन् कुनै नयाँ पुरुष उसको रातको र खाटको साथी बाहेक अरु केहि बन्न चाहान्न…

आधुनिकीकरणको नाममा आएको यो एक प्रकारको विकृति हो… हामी पूर्विय समाजको आफ्नै मैलिक्ता छ… यसमा आफ्नै नियम-कानुन छन्… प्रक्रिया छन्… पश्चिमा समाजमा यो एक सामान्ने कुरा होला… कसैको जिन्दगी र सरिरमा पुर्णतया त्यहि व्यक्तिको अधिकार हुन्छ… तर अनुसासन भन्ने कुराको पनि पालना गर्न जरुरि छ… अनुसासन भन्दैमा स्कूलको जस्तो भनेको होइन वा कुनै आर्मी वा प्रहरी वाला अनुसासन भनेको हो… अनुसासन भन्नाले जिन्दगीमा गरिने हरेक निर्णयले निमत्याउने सकरात्मक र नकारात्मक असर… जुन हामीले हाम्रै विकल्प/छनोटले निमत्याएको हुन्छ…

त्यसैले यस्ता टिकटके वा भनौँ फेसबुके सम्बन्धको पछाडि लागेर भन्दा एउटा असल र परिपक्को सम्बन्ध जोडौँ… जिन्दगी कुनै पनि किसिमले Likes र Comments होइन… विकृति एउटा सामाजिक भाइरस हो … सबैले बुझौँ…

Profile avatar image for Bipin
Bipin

…

हो हामीले भाषा जान्नु पर्छ… विभिन्न समूदायमा बोलिने विभिन्न भाषा र त्यसको विकासले हाम्रो यो पृथ्वीमा कति धेरै विभितता छ थाहा हुन्छ… तर कुनै आगन्तुक भाषालाई प्राथमिक्तामा राख्ने र आफ्नो मौलिक भाषालाई वेवास्था गर्ने हाम्रो बानीले आज हामीहरुले रहस्वो… दीर्घ… कता लगाउने सम्म चाल पाउन्नौँ… हामी यो पृथ्वीमा एउटा सानो भाग ओगटेका जाती हौँ… हाम्रो आफ्नै छुट्टै पहिचान छ… आफ्नै मौलिक्ता छ… हामीहरुको यस्तै छुट्टै पहिचानले गर्दा हामी यो पृथ्वीको छुट्टै अस्तित्व बन्न सकेका छौँ… सुन्दा यो पुराना कुरा जस्तो लाग्ला… यो भूमण्डलीकरणको जमानामा आफ्नो छुट्टै पहिचान किन चाहियो लाग्ला… विश्वसँग काँघमा काँघ मिलाएर हिड्ने जमानामा किन आफ्नो अस्तित्वको कुरा गर्ने … यसले के फाइदा यदि कसैले हाम्रो मौलिक्ता बुझ्दैनन् वा हामीले बुझाउन सकेनौँ भने… तर आधुनिकरणको नाममा कुनै सभ्यातालाई ईतिहाँस बनाइन्छ भने त्यो पृथ्वीको विनास गर्नु हो… यसमा रहेको विभितताको अन्ते गर्नु हो… र भोलिको दिनमा पृथ्वीकै अस्तित्व सकिनु हो…

आफ्नो भाषालाई माया गरौँ… यसको विकास हामीहरुले नै गर्ने हो… कोहि तेस्रो व्यक्ति आएर यसलाई जोगाउनन्… हाम्रो विभितताले भरिएको देश आफैमा एउटा खुला संग्रालय स्वरुप छ… यसलाई विकास गर्ने, संरक्षण गर्ने हामीहरुकै कर्तव्य हो…

Profile avatar image for Bipin
Bipin

…

घाउ दुई प्रकारको हुँदो रहेछ… एउटा दुख्ने, चोटपटक लागेर बनेको घाउ… जसको दाग पछिसम्म रहन्छ… अलि ठुलो छ भने चस्किँदोपनि रहेछ… आँखाले देख्ने घाउ… र आर्को मनको घाउ… आँखाले नदेख्ने घाउ… जसको कारण कुनै दाग… injury.. नभई… कसैले लगाको बचन… बोली… व्यवहारले लाग्ने घाउ… मान्छेहरु आफुले गरेको व्यवहार कहिल्यै देख्दैनन् त्यसैले आफुले गरेको सब ठीक लाग्छ… आफुले बोलेको कहिल्यै सुन्दैनन्.. त्यसैले सब सहि लाग्छ… मान्छेको मन दुखाउन सजिलो छ… अमिलो बोले पुग्छ… सासानो कुराहरुलाई मनमा लिन हुन्न भन्छन्… तर मन दुखाउन कुनै ठुलो पहाड फुटाउनु पर्दैन… एक बचन अमिलो बोले पुग्छ…

जस्तै… कोहि सानो बच्चालाई उसको आमा-बुबा अथवा कुनै परिवारको सदस्यले जन्म दिनमा, यो जन्मनु आफ्नो जिन्दगीको सबैभन्दा ठुलो नोक्सानी हो, बरु मरे हुन्थ्यो भन्यो भने… त्यो बच्चाले कहिल्यैपनि आफ्नो जन्मदिन मनाउँदैन… उसको मानसिक तहबाटै आफु जन्मनु नराम्रो पक्ष हो भन्ने लाग्न थाल्छ…

… कसैको बाउले आफ्नो छोरा-छोरीलाई नागरिक्ता बनाउन नमान्नु अथवा नागरिक्ता बनाएपछि… यसको सब खर्च तीर… नत्र त्यो तेरो अधिकारको हुने छैन… भन्यो भने… एउटा भक्खर १०-११ कक्षा पढ्दै गरेको सँग नागरिक्ता बनाएको… घरमा बस्न दिएको… खान दिएको… पढाएको हिसाब खोज्यो भने त्यो Teenager ले जिन्दगीमा जस्तो सुकै प्ररिस्थिति आएपनि आफ्नो परिवारलाई सामेल गराउन चाहान्न…

… घरमा भएका आफ्ना छोरा-छोरी बीच हरेक कुरामा तुलना गर्न थालेमा… त्यसमा सँधै एकजना आफुलाई कम्जोर… जिन्दगीमा केहि गर्न नसक्ने… जस्ता विभिन्न नकारात्मक सोँच मन-मस्तिष्कमा राख्न थाल्छ… र पछि गएर उसको मन ढुङ्गा बन्न पुग्छ…

त्यसैले हामीले सोच्नु पर्छ… घाउ बनाएर त्यसमा नुनचुक लगाइ राख्ने कि राम्रो नराम्रो जस्तो सुकै समयमापनि आत्मियता देखाएर सहि र गलतको पाठ राम्रो र स्वास्थ प्रकारले सिकाउने…

Welcome
Welcome to Prose.! Publish your work, follow writers, and engage in community challenges.
By using Prose., you agree to our Terms of Service and Privacy Policy.
If you used Twitter or Facebook to get into your account and now can't get in, please contact us at support@theprose.com